Comments Add Comment

एमसीसीविरुद्ध खेल्ने नेपाली टिममा पारस पनि

१४ कात्तिक, काठमाडौं । मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा टी-२०, एकदिवसीय र फस्ट क्लास  (तीनदिवसीय) क्रिकेट खेल्ने फरकफरक टोली घोषणा गरेको हो । हालै मात्र कप्तान पद छाडेका पारस खड्का एकदिवसीय टिममा छन् भने टी-२० र तीनदिवसीयमा छैनन् ।

एकदशकसम्म नेपालको कप्तानी गरेका पारसले २८ असोजमा कप्तान पद छाड्ने घोषणा गरेका थिए ।

त्यसबेला उनले केही समय ब्रेक लिने पनि बताएका थिए । त्यसैले उनले एमसीसी टोलीसँग खेल्ने नखेल्ने अन्यौल थियो । तर ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषित एकदिवसीय टोलीमा उनी पनि परेका छन् ।

५० ओभरको खेल खेल्ने नेपाली टोलीमा पारससँगै दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, आरिफ शेख, विक्रम सोब, विनोद भण्डारी, इशान पाण्डे, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । यो खेल १८ कात्तिकमा हुनेछ ।

त्यसको अघिल्लो दिन एमसीसीले यू-१९ टिमसँग खेल्नेछ ।

तीनदिवसीय खेल भने २० कात्तिकमा सुरु हुनेछ । यसका लागि घोषित नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै अरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, पवन शरार्फ, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कमी छन् ।

२३ कात्तिकमा भने टी-२० म्याच हुनेछ । यसका लागि नेपालले सिनियर र यू-१९ को संयुक्त टोली बनाएको छ । टोलीमा ज्ञानेन्द्रसँगै आरिफ शेख, अमृत श्रेष्ठ, अभिनाश बोहोरा, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, ललित नारायण राजवैशी, नन्दन यादव, पवन शरार्फ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुशन भारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment