+
+
Shares

बारामा प्रहरीका सई ६० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १९:३५

१४ कात्तिक, काठमाडौं । बाराको गञ्जभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार बिहीबार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले कलवारलाई कलैया उपमहानगरपालिका ४ स्थित, श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?