Comments Add Comment

नेयमारलाई भित्र्याए ढिलो तलब लिन तयार छन् बार्सिलोनाका खेलाडीहरु

१४ कात्तिक, काठमाडौं । बार्सिलोनाका खेलाडीहरुले आफ्नो तलब ढिलो लिने प्रस्ताव गरेका छन् । ब्राजिलियन स्ट्राइकर नेयमारलाई फेरि क्लबमा भित्र्याउन सहयोग गर्ने उद्देश्यले यस्तो प्रस्ताव राखिएको डिफेण्डर जेरार्ड पिकेले बताएका छन् ।

पेरिस सेन्ट जर्मेनले २०१७ मा २०० मिलियन युरोमा नेयमारलाई बार्सिलोनाबाट पेरिस लगेको थियो ।

अहिले नेयमारलाई फेरि भित्र्याउन बार्सिलोना प्रयासरत छ तर सम्भव भइरहेको छैन ।

फाइनान्सियल फेयर प्ले नियम पालनाका लागि खेलाडीहरु ढिलो तलब लिन तयार रहेको पिकेले बताएका छन् ।

‘हामी हाम्रो सम्झौतामा समायोजन गर्न तयार छौं’, पिकेले एक स्पेनिस रेडियोसँग भने, ‘हामी आफ्नो तलब दिन सक्दैनौं तर परिस्थितिलाई सहज बनाउन पहिलो वर्षको केही पैसा दोस्रो वा तेस्रो वर्ष किस्ताबन्दीमा लिन तयार छौं ।’

बार्सिलोनाले यो सिजन फ्राङ्की डि जोङ र एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन २०० मिलियनभन्दा बढी खर्च गरिसकेको छ । अब नेयमारलाई भित्र्याउन उसलाई फाइनान्सियल फेयर प्ले नियमले अप्ठ्यारो पर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment