+
+
Shares

देउसी खेल्न बोलाएर ‘बलात्कार’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते ६:२८

१४ कात्तिक, काठमाडौं । आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यदेखि उपनिर्वाचनसम्ममा चासो राखेका छन् । धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिएको समाचार आजका पत्रिकाहरुले लेखेका छन् ।

यस्तै आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा दलहरुको तयारीबारेको समाचार पनि पढ्न सकिन्छ । बि्रटिस आर्मीको जागिर छाडेका म्याग्देली ठिटो निर्मल पूर्जाले ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको समाचारलाई आजका पत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

कान्तिपुर दैनिकमा निर्मलको कीर्तिमानकै समाचार प्रमुख छ । त्यसपछि ‘प्रधानमन्त्रीको डायलाइसिस !’ शीर्षकको समाचार प्राथमिकतामा परेको छ । कान्तिपुरमा देउसी खेल्न बोलाएर ‘बलात्कार’ गरेको अर्को समाचार पनि छ । यो आरआर कलेजका स्ववियू नेता इन्द्रहाङ राई र उनीबाट बलात्कृत भएको भनिएकी किशोरीसँग सम्बन्धित समाचार हो ।

भाइटीकाको अघिल्लो दिन ती किशोरी कोठमा एक्लै थिइन् । राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे ।

मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । कान्तिपुर लेख्छ, ‘माहौल ठीकठाक नै थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो ।’

पीडित किशोरीले भनेकी छन्, ‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो ।’

अन्नपूर्ण पोष्टमा काठमाडौं उपत्यकामा रगत अभाव भएको मुख्य समाचार छ । अन्नपूर्णमै नेपालका लागि अमेरिकी र चिनियाँ राजदूतले दीपावली गरेको विषयसँग सम्बन्धित समाचार पनि छ, जसलाई ‘विदेशी राजदूतको तिहार कूटनीति’ शीर्षक दिइएको छ ।

नागरिक दैनिकले कास्की क्षेत्रनम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र दाङ क्षेत्रनम्बर ३ (ख) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनसँग सम्बन्धित विषयलाई मुख्य समाचारको रुपमा छापेको छ ।

राजधानी दैनिकले करारमा कर्मचारी भर्नाको खेलमा स्थानीय तह लागेको समाचार छापेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?