Comments Add Comment

जुवाको खालबाट १० जना पक्राउ

१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय प्रमुख कोमल शाहले जानकारी दिए ।

पोखरा ८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको शाहले बताए ।

वडा प्रहरी कार्यालयले तिहारको समयमामात्रै ४१ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment