Comments Add Comment

कपिलवस्तु गोली काण्ड : मारिने व्यक्ति भारतीय नागरिक

घरको छतबाट प्रहरीमाथि ढुंगामुढा जारी

Photo Credit : अनलाइनखबर । ज्यान गुमाउने व्यक्ति ।

१४ कात्तिक, काठमाडौं । कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले अनलाइनखबरलाई बताए ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो ।

प्रहरीका अनुसार हिन्दु समुदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डिनगरको रुट प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाएका थिए ।

त्यहीबीच विवादले उग्र रुप लिएको बताइएको छ । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भई प्रहरीतर्फ पनि ३ जना घाइते भएपछि गोली चलेको जनाइएको छ ।

त्यसक्रममा पाण्डेको मृत्यु भएको हो । तर, डीआईजी शाहले भने कर्फ्यू लागिसकेपछि गोली चलेको दाबी गरेका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘कर्फ्यू ११ बजे लागेको थियो । पौने १२ बजे गोली चल्यो ।’

यो पनि पढ्नुहोस कपिलवस्तुको कृष्णनगर तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यु

कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

छतबाट ढुंगामुढा

कृष्णनगरमा कर्फ्यू आदेश जारी भएपछि अहिले कृष्णनगर शान्त रहेको जनाइएको छ । यद्यपि, घरका छत र झ्यालबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा हुने क्रम जारी छ ।

कफ्र्यू कति बजेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment