Comments Add Comment

लेनिन विष्टलाई विमानस्थलबाट फर्काइनु गैरकानूनी ठहर

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले गत वर्ष विदेश भ्रमण जान लाग्दा पूर्व माओवादी लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइनु गैरकानुनी ठहर गरेको छ ।

बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गृह मन्त्रालयले व्यक्तिको हिँडडुल गर्न पाउने अधिकारमाथि अनधिकृत रुपमा हस्तक्षेप गरेको फैसला सुनाएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

एक कार्यक्रममा सहभागी हुने थाइल्याण्ड जान लागेका पूर्वलडाकु विष्टलाई २०७५ भदौ ८ गते गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले रोकेका थिए । त्यसविरुद्ध लेनिन सर्वोच्च गएका थिए ।

सर्वोच्चले सम्बन्धित देशको प्रवेशाज्ञा र निर्धारित कार्यक्रमसमेत जानकारी भइसकेको अवस्थामा गृह मन्त्रालयको निर्देशनको आधारमा कसैलाई पनि विदेश भ्रमणबाट रोक्न नमिल्ने बताएको छ । उसले आउँदा दिनमा पनि यस्ता किसिमको विदेश भ्रमणबाट कसैलाई पनि नरोक्न फैसला सुनाएको सर्वोच्चका ती अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment