+
+
Shares

पहिलो पटक पशुपति-फोक्शुण्डो बुलेट राइड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १२:२४

१५ कात्तिक, काठमाडौं । मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि डोल्पाको फोकशुण्डो तालसम्म बुलेट बाइक र्‍याली सुरु भएको छ ।

कर्णालीको पर्यटन प्रबर्धन र भिजिट नेपाल २०२० लाई सफल बनाउन रोइलइफिल्ड मोटरसाइकल राइडरले काठमाडौं – फोक्शुण्डो यात्रा थालेका हुन् ।

यात्राको शुक्रबार बिहान पशुपति क्षेत्रबाट सुरु भएको छ । विहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राइडरलाई खादा लगाएर बिदाइ गरे ।
विदाइका क्रममा राज्यमन्त्री बुढाले भिजिट नेपाल-२०२० लाई यो कार्यक्रमले सहयोग पुग्ने बताए ।

कर्णालीको समृद्धिको आधार पर्यटन भएको भन्दै बुढाले कर्णाका पर्यटकीय क्षेत्र पर्यटकको रोजाइमा नपरे विकासले गति लिन नसक्ने बताए ।

काठमाडौंबाट हिँडेको राइडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्शुण्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष परकास लिम्बुले बताए ।

यात्रामा बाह्र वटा मोटरसाइकल रहेका छन् । नेपालको पर्यटन प्रबर्द्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लद्दाकसम्मको बुलेट राइड गरेको थियो ।

यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो ।

केन्द्रीय राजधानी र कर्णाका पर्यटकीय गन्तब्य सडक सञ्जालले नजोडेसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपति- फोकशुण्डोसम्म मोटरसाइकल यात्रा आयोजना गरेको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?