+
+
Shares

चितवन मेडिकल कलेजले भन्यो : बढी लिएको शुल्क समायोजन गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १४:१३

१५, कात्तिक, चितवन । चितवन मेडिकल कलेजले एमबिबिएस लगायतका विषय अध्ययनरत विद्यार्थीहरुबाट बढी शुल्क लिएको स्वीकार गर्दै समायोजन गर्ने प्रतिवद्धता जनाएको छ ।

कलेजले आज शुक्रबार विहान पत्रकार सम्मेलन गरी शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएको हो । सरकारले तोकिदिएको भन्दा बढी शुल्क लिएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरका थिए । बढी लिएको रकम फिर्ता वा कलेजको शुल्कमा समायोजना हुनुपर्ने उनीहरुको माग थियो ।

४ असोजमा एक महिनाभित्र शुल्क फिर्ता गर्ने र शुल्क फिर्ता वा समायोजन कस कसलाई कति गर्ने भनेर रिर्पोट दिन समिति बनाउने सहित पाँचबुँदे सहमति भयो ।

यो सहमतिसँगै आन्दोलन रोकियो । तर समितिले हालसम्म प्रतिवेदन तयार गरेको छैन । समितिले प्रतिवेदन नदिए पनि आफूहरुले गत शैक्षिक सत्रमा बढी लिएको शुल्क फिर्ता गर्ने कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिस न्यौपानेले बताए ।

‘नत विद्यार्थीबाट सहमतिको पालना भएर पठनपाठन र परीक्षा सुचारु भयो, नत गठित समितिले प्रतिवेदन दियो’ कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. न्यौपानेले भने, ‘दुबै काम नभए पनि सहमतिअनुसार विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता गछौं ।’

बढी लिइएको शुल्कलाई दोस्रो बर्षमा समायोजन गरिने कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले जानकारी दिए । यसरी समायोजन गरिने शुल्क सरकारले राजधानीबाहिरका लागि तोकेको शिक्षण शुल्क ४२ लाख ४५ हजार, त्रि.वि. रजिष्ट्रेशन शुल्क ५००, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क २५००, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्नसिप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्रावास शुल्क र खाना बाहेक मात्रै हुने कलेज प्रशासनले बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?