Comments Add Comment

नेदरल्याण्ड्स विश्वकप छनोटको फाइनलमा

१५ कात्तिक, काठमाडौं । आयरल्याण्डलाई २१ रनले हराउँदै नेदरल्याड्स टी–२० विश्वकप छनोटको फाइनलमा पुगेको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो । उसको सुरुवात भने खराब थियो । २७ रन जोड्दा दुई विकेट गुमाएको थियो ।

तर बेन कुपर र पिटर सेलरले पारी सम्हाले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे । पिटर २१ रनमा आउट भए । चौथो विकेटका रुपमा कुपर ३७ रनमा आउट हुँदा टिमको स्कोर १०२ रन थियो ।

रायन टेन र रोलोफ भान डेरले पाँचौं विकेटका लागि अविजित ५६ रनको साझेदारी गरे । रायन ४३ र रोलोफ २५ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । उसका पल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ५२ रनको साझेदारीले गरे । तर यो टुटेसँगै दबावमा आएको उसका कुनै पनि ब्याट्सम्यानले पारी सम्हाल्न सकेनन् ।

जर्ज डकरोलले १२ बलमा अविजित २५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment