+
+
Shares

चीनमा सुरु भयो फाइभ जी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते २०:४२

काठमाडौं । चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । यससँगै चीनले प्रविधिमा अर्को छलाङ मारेको छ ।

चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् ।

यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र प्रविधिमा टकरावको स्थिति छ ।

फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ ।

चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए ।

समाचारहरुमा जनाइएअनुसार यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन् । सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार पाइभ जी डेटा प्लानको मूल्य १२८ देखि ५९९ युआनसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?