+
+
Shares

मानव सेवा आश्रमलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते १६:२६

१७ कात्तिक, गोरखा । गोरखा सेवा समाजले मानव सेवा आश्रम गोरखा शाखालाई आर्थिक सहयोग गरेको छ ।

समाजले तेस्रो साधारणसभा तथा पहिलो अधिवेशनको अवसर पारेर दुई लाख ५० हजार रकम सहयोग गरेको हो । प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उक्त रकम बरावरको चेक मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीलाइ हस्तान्तरण गरे ।

सहायोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको आश्रमले गोरखामा पनि शाखा सञ्चालन गरेको छ । हाल आश्रममा ३६ जना छन् । गोरखा शाखालाई बाल गृहको रुपमा संचालन गरिएको जिल्ला संयोजक मुना लामाले बताइन् ।

सडक मानवको पनि उद्धार गर्दै आएको आश्रमले गोरखा नगरपालिकालाई सडक मानवमुक्त घोषणा समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?