Comments Add Comment

दिशा भन्छिन्–‘सलमानसँग काम गर्ने सपना पुरा भयो’

शुक्रबारबाट नायक सलमान खान स्टारर चलचित्र ‘राधे’को छायांकन सुरु भएको छ । प्रभु देवाले निर्देशन गर्ने यो चलचित्रमा सलमानले नायिका दिशा पटानीसँग जोडी बाध्नेछन् । सलमान र दिशाको यो दोस्रो सहकार्य हो । यसअघि दिशाले सलमानको ‘भारत’मा पनि काम गरेकी थिइन् । तर, चलचित्रमा दिशाले सलमानसँग खुलेर रोमान्स गर्न पाएकी थिइनन् ।

चलचित्र ‘राधे’को छायांकन सुरु भएसँगै दिशाले आफ्नो सपना साकार भएको बताएकी छिन् । बलिउड मिडियासँग उनले भनेकी छिन्–‘सलमान सरसँग पूर्ण चलचित्रमा काम गर्ने ठुलो सपना थियो । त्यो पूरा हुदैछ । मलाई विश्वास गरेर चलचित्रमा लिनुभएकोमा निकै खुसी छु ।’

सलमान आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै सलमानसँग काम गर्न पाउनु ठुलो सफलता भएको दिशाले बताएकी छिन् । उनले भनिन्–‘सुपरस्टार नायक र सफल निर्देशकसँग टिपअप भएर काम गर्ने मौका पाएको छु । यसमा मैले आफूलाई प्रमाणित गर्नुपर्ने छ ।’

नायिका दिशा पटानी बलिउडमा स्थापित हुने क्रममा छिन् । यसैले पनि सलमानसँगको यो चलचित्र उनका लागि विशेष छ । केही समय अगाडि सलमानसँग आफूले अब चलचित्रमा काम गर्न नपाउने भन्दै दिशाले दुःख व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment