+
+
Shares

भोलिदेखि गोर्खा भूपू सैनिकहरुको सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १८:१३

१७ कात्तिक, काठमाडौं । यही कात्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ ।

नेसनल सिम्पोसियम अन ह्युमेन राइट्स मोभमेन्ट फर क्वाइलिटी एण्ड डिग्निटी अफ एक्स ब्रिटिस गोर्खाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा सोमबारदेखि आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

गोष्ठीको पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नेछन् । गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराइने आयोजकले जानकारी दिएको  छ ।

सरकारले व्रिटिश सरकारसँग पूर्व गोर्खासैनिकहरुको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले गोष्ठीमा प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको आयोजक समितिका सदस्य समेत रहेका पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले जानकारी दिए ।

तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि आयोजकले जनाएको छ ।

गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिश सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिश सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ ।

यसअघि आयोजक स‌ंस्थाको नाम तस्वीर अन्यथा भएकाले सच्याइएको छ । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?