Comments Add Comment

म्याग्दीमा बस दुर्घटना, चार जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका-७ बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । बसले च्यापेको अवस्थामा तीन जना महिला र एक जना बालकको शव निकाल्ने काम भएको र मृतकको पहिचान हुन नसकेको उनले बताए ।

दरवाङ बजारदेखि बिम जाँदै गरेको अवस्थामा लुरवाङको गलघण्टी भन्ने स्थानमा करिब साँझ ६:३५ बजेको समयमा बस दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी १३ जना घाइते भएको र उनीहरुको दरवाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल म्याग्दी लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक शर्माले अनलाइनखबरलाई बताए ।

प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दारमा खटिरहेको शर्माले बताए । कच्ची सडकको घुम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हुने सक्ने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment