Comments Add Comment

३६ गुन्डा नाइकेलाई राजनीतिक दलको संरक्षण

प्रधानमन्त्रीको उपचारमा अब डायलाइसिस कि प्रत्यारोपण ?

१८ कात्तिक, काठमाडौं । प्रदेश प्रमुखहरूको बर्खास्ती र सिन्धुपाल्चोक बस दुर्घटना आजका सबैजसो दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक त्रिवि र मेडिकल काउन्सिलमा सरकारले गरेको नियुक्ति, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषयलाई पनि अखबारहरूले ‘कभरेज’ गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मृर्गौलामा समस्या आएपछि डायलाइसिस कि प्रत्यारोपण भन्ने प्रश्न खडा भएको छ । कान्तिपुरले आज यही प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ ।

कान्तिपुरका अनुसार मृर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको उपचार कसरी गर्ने भन्ने विषयमा आइतबार पनि टुंगो लागेको छैन । अघिल्लो साता सुरु डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

बालुवाटार स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपि, वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

‘राजनीतिक आडमा ३६ गुन्डा नाइके’ शीर्षक दिएर कान्तिपुरले गुन्डा र राजनीतिक दलको कनेक्सनबारे एक रिपोर्ट छापेको छ । कान्तिपुर समाचारमा लेखिएअनुसार अदालतबाट सजाय भोगिसकेका १९ गुन्डा नाइके कांग्रेससँग र ९ जना सत्तारूढ नेकपा निकट छन् । बाँकी ८ जना भने अन्य राजनीतिक दलसँग जोडिएका छन् ।
‘प्रहरी इन्काउन्टरमा मारिएकाबाहेक जघन्य अपराधमा केही गुन्डा नाइके जेलमा छन् । केही फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरू राजनीतिक संरक्षणका लागि विभिन्न दलमा आबद्ध छन्’, कान्तिपुरले आफ्नो समाचारमा लेखेको छ ।

रिपोर्टमा उल्लेख भएअनुसार, विभिन्न अभियोगमा पक्राउ पर्ने डनहरूलाई छुटाउन प्रहरीसमक्ष राजनीतिक दबाव पुग्ने गरेको छ ।

नागरिकको नजर अनुदान चामलको ढुवानीमाथि परेको छ । नागरिकका अनुसार सतप्रतिशत ढुवानी अनुदान पाउँदा पनि खाद्य संस्थनले केन्द्रपिच्छे फरकफरक मूल्यमा चामल बिक्री गर्दै आएको छ । सरकारले ढुवानीमा पूर्ण अनुदान दिएकाले जुन मूल्यमा चामल खरिद गरिएको हो, सोही मूल्यमा बिक्री हुनुपर्ने भए पनि त्यसो नभएको भन्दै नागरिकले प्रश्न उठाएको छ ।

प्रदेश प्रमुखको बर्खास्ती र बस दुर्घटनालाई प्राथमिकताका साथ छापेको अन्नपूर्णले रानीपोखरी पुनर्निर्माणबारे पनि एक समाचार छापेको छ । समाचार अनुसार आगामी माघ महिनासम्म पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालोमाटो राखी माघभित्रमा पानी राख्ने तयारी गरेको समाचारमा उल्लेखख छ ।

राजधानीले गुठी संस्थान खर्च धान्न नसक्ने अवस्थामा पुगेको लेखेको छ भने नेपाल समाचारपत्रले पटकपटक बिग्रिएको बस सुनकोसीमा खसेको जनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment