Comments Add Comment

पुनर्बीमा कम्पनीको सीईओ बन्न ६ जना आकांक्षी

१८ कात्तिक, काठमाडौं । नेपालको एकमात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आकांक्षा देखाएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै सञ्चालक समिति नयाँ कार्यकारी प्रमुखको खोजीमा जुटेको थियो । ०७२ साउनमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भण्डारी ४ वर्षे कार्यकाल सकाएर कम्पनीबाट बाहिरिएका छन् ।

नयाँ सीईओ बन्नका लागि भण्डारीसँगै ६ आकांक्षी देखिएका छन् । त्यसमध्येका एक हुन्, अशोक पौडेल । पौडेल अर्थ मन्त्री युवराज खतिवडाका विश्वासपात्र हुन् । अर्थ मन्त्री खतिवडा गभर्नर हुँदा पौडेल सचिवालयमा रहेर काम गरेका थिए । राष्ट्र बैंकको निर्देशकबाट सेवा निवृत उनी हाल अर्थ मन्त्रालयमै कार्यरत छन् । खतिवडाका विश्वास पात्र भएकाले आकांक्षीमध्ये बलियो ठानिएको छ ।

उनीसँगै पूर्व बैंकर शेषनारायण आचार्य, ज्ञानेश्वर आचार्य, शंकर रायामाझी र युनाइटेड इन्स्यारेन्सका पूर्व सीईओ शेखर बरालले पनि नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने आकांक्षा देखाएका छन् । शेष नारायण कृषि विकास बैंकका पूर्व कर्मचारी हुन् भने ज्ञानेश्वर नविल बैंकका पूर्व कर्मचारी हुन् । रायमाझी भने राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment