
१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बास्कोटालाई उपकुलपति नियुक्त गरेका हुन् । झापा गौरादहका बास्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष थिए ।
शिक्षामन्त्री नेतृत्वको सर्च कमिटीले बास्कोटाको नाम दोस्रो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा डा. भगवान कोइरालाको नाम थियो । उनलाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै बास्कोटालाई त्रिवि उपकुलपति बनाइएको हो ।
बास्कोटाले सोमबार नियुक्तिपत्र बुझेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4