Comments Add Comment

इन्स्टाग्राममा प्रियंका–‘दिल्लीमा सुटिङ गर्न निकै मुश्किल छ’

नायिका प्रियंका चोपडाको एउटा इन्स्टाग्राम पोष्टले अहिले चर्चा पाइरहेको छ । प्रियंका भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणले दिक्क छिन् । उनले इन्स्टाग्राममा एउटा पोष्ट गर्दै दिल्लीमा सुटिङ गर्न निकै नै मुश्किल भैरहेको उल्लेख गरेकी छिन् ।

प्रदुषण बढेपछि मास्क लगाउँदै उनले लेखेकी छिन्–‘यहाँ अहिले चलचित्र छायांकन गर्न निकै नै गाह्रो भैरहेको छ । यस्तो अवस्थामा यहाँ रहन र बाँच्न कत्तीको मुश्किल भैरहेको होला, म कल्पना पनि गर्न सक्दिनँ ।’

उनले घर नै नभएकाहरुका लागि प्रार्थना गर्न पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘घर नै नभएकाहरुको अवस्था के होला, उहाँहरुका लागि प्रार्थना गर्नुहोस् । सबैजना सुरक्षित रहनुहोला ।’

दिल्लीमा प्रदुषण उच्च भएपछि अहिले बलिउडका कलाकारले पनि यसतर्फ सचेतना बढाउने काम गरिरहेका छन् । विगत केही दिनदेखि दिल्लीको हावामा प्रदुषण उच्च छ । जसकाकारण, मानिसहरुलाई हिडडुल गर्नका लागि नै समस्या भएको बताइन्छ ।

प्रियंका दिल्लीमा ‘दि ह्वाइट टाइगर’को छायांकन गरिरहेकी छिन् । अर्विनद अडिगाको नोवेल पुरस्कार प्राप्त पुस्तकबाट यो कथा लिइएको हो । यो चलचित्रले चिया वेच्ने एक गाउँले मानिसको कथालाई भन्नेछ । चलचित्रमा राजकुमार रावको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment