+
+
Shares

बझाङको सुरुङमा फसेका ३ मजदुर मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते १७:०१

१८ कात्तिक, धनगढी । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

सुरुङको झण्डै ९ सय मिटरभित्र तीन जना मजदुर मृत अवस्थामा फेला परेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

उद्धारका लागि हेलिकप्टर मार्फत काठमाडौंबाट गएको विज्ञसहितको टोलीले ३ जना मजदुरको शव सोमबार दिउँसो ३ बजे सुरुङबाट बाहिर निकाल्ने काम भएको उनले बताए । अझै एक जना मजदुर सुरुङभित्रै फसेकाले उद्धारमा खटिएको टोली फेरि खोजीका लागि सुरुङभित्र गइसकेको पाण्डेले बताए । उद्धार गरिएका तीन जना मजदुरको मृत्यु अक्सिजनको कमिका कारण निसास्सिएर भएको हुन सक्ने उनले बताए ।

स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको थियो ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन् ।  सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भए पछि स्थानीय टोलीले उद्धारको प्रयास थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?