+
+
Shares

नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ भोलि

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते १९:४६

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा  उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् ।

जसअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक  शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी  र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।

नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भोलि मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?