
१९ कात्तिक, काठमाडौं । अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ । सवा घण्टासम्म कुर्दा पनि सांसदहरु उपस्थित नभएपछि मंगलबारको बैठक स्थगित गरिएको हो ।
२५ सदस्यीय समितिको बैठकमा जम्मा सात सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरुलाई सम्बोधन गर्दै समितिका सभापति कृष्ण प्रसाद दाहालले भने, ‘कोरमका कारण आज बैठक बस्न नसक्ने जानकारी गराउन चाहान्छु । सवा घण्टा पर्खंदासम्म पनि कोरम पुगेन ।’
दाहालका अनुसार अब अर्को बैठक आगामी २८ गते बिहान ११ बजे बस्ने छ ।
मंगलबारको अर्थ समितिको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।
मंगलबार नै बोलाइएको राज्य व्यवस्था समितिको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4