Comments Add Comment

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

१९ कात्तिक, काठमाडौं । ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस-१ का चन्द्र बहादुर तामाङ रहेका छन् । २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका-३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तामाङलाई अदालतले १० वर्षको कैद फैसला सुनाएको थियो ।

२०५४ साल माघ ३ गते तामाङले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ज्यान मार्ने उधोगमा मुद्धा दायर भएको थियो ।

फरार प्रतिवादी तामाङलाई सोमबार पक्राउ गरी मंगलबार आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment