+
+
Shares

सेन्ट्रल जोन खेल्ने महिला भलिबल टिमको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १४:२९

१९ कात्तिक, काठमाडौं । एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्ने नेपलाी टिमको घोषणा भएको छ ।

नेपाल भलिबल संघले मंगलबार सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय महिला भलिबल टिमको घोषणा गरेको हो । नोभेम्बर सातदेखि १५ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको कप्तानी अरुणा शाहीले गर्ने भएकी छिन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, अफगानिस्तान, माल्दिभ्स र तुर्किमिनिस्तान रहेका छन् ।

कप्तान अरुणासँगै प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन, उषा कुमारी विष्ट, कमला पुन र सलिना श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?