+
+

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते २०:४४

१९ कात्तिक, काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल छन् । दुवै जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशाला र वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी वेलबहादुर पाण्डेका अनुसार उच्च अदालत, पाटनको  २१ मंसिर २०७१ को फैसलाले सञ्जलाई ३ वर्ष कैद र एक करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मीदेवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार जरिवाना सजाय हुने ठहर गरेको थियो ।

तर, सजाय बेरुजु रही फरार रहेको अवस्थामा दुवैलाई पक्रा गरी कैद भुक्तानका लागि कारागार पठाइएको पाण्डेले बताए । उनका अनुसार दुवै जनाले २५ फागुन २०६७ मा क्रिष्टल फाइनान्स लिमिटेड, थापाथलीबाट आफू खुशी अस्वभाविक रुपमा जग्गा मूल्यांकन गरेर कर्जा दुरुपयोग गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?