Comments Add Comment

भाइरल ज्वरोमा होमियोपेथी उपचार

मौसम परिर्वतनसँगै भाइरल ज्वरो अथवा भाइरल संक्रमण हुन सुरु हुन्छ । हामी प्रायः हरेक रोगलाई भाइरल भन्छौं । तर, सबै रोग भाइरल हुँदैनन् । भाइरल ज्वरोको अर्थ भाइरल संक्रमणको कारण आउने ज्वरो हो ।

सैद्धान्तिक रुपमा भाइरल संक्रमण जस्तो पनि हुन सक्छ, जसका कारण ज्वरो आउँछ । वास्तवमा भाइरल ज्वरो भनेको त्यस्तो ज्वरो हो, जुन इन्फ्लुएन्जा भाइरसका कारण हुन्छ । यो शब्द त्यस्तो ज्वरोको लागि पनि प्रयोग गरिन्छ, जुन श्वासको अन्य भाइरसका कारण पनि उत्पन्न हुन्छ । प्रायः यो शब्दको प्रयोग श्वास नलीमा हुने ब्याक्टेरियल संक्रमणको लागि गरिन्छ । जस्तै, अपर रेस्पिरेटरी ट्याक्टको संक्रमणलाई लिन सकिन्छ ।

यस प्रकारको भाइरल संक्रमणको लक्षणहरुमा ज्वरो आउनु प्रमुख हुन्छ । प्रायः गरेर हल्का अथवा धेरै (एक सय दुई डिग्री फरेनहाइटसम्म) शरीरको दुखाई, टाउको दुखाई, कमजोरी, सिंगान बग्नु र खोकी र बिना खोकी घाँटीको संक्रमणहरु समावेश छन् । बिरामीलाई ज्वरो आउनु अगाडि कहिलेकाहीँ उसको पाचन प्रक्रिया पनि खराब हुनसक्छ । पेट दुख्नु, पातलो दिशा लाग्नु, पाचन प्रक्रिया खराब भएपछि हुन्छ । यस्तो लक्षण प्रायः गरेर चौबिसदेखि अठचालिस घण्टासम्म हुन्छ । त्यसपछि बिस्तारै कम हुँदै जान्छ । बिरामीलाई ज्वरो आउँछ भने एक/दुई दिन अगाडि नै सञ्चो नहुन लागेको महसुस हुन थाल्छ । ज्वरो निको भएको दुई-तीन दिनपछि मात्र पूर्ण रुपमा स्वस्थ भएको अनुभव हुन्छ ।

यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्था अनुसार परिवर्तन हुनसक्छ । २८ दिनभन्दा कम उमेरका शिशुलाई समय-समयमा निरीक्षण गर्नुपर्छ । बृद्ध व्यक्तिहरुमा लामो समयसम्म यस्तो लक्षण रहन्छ । जुन धेरै गम्भीर पनि हुनसक्छ । अन्य रोगहरु जतै ब्रोङ्कायल अस्थमा अथवा हाईपर रिएक्टिभ एयर-वे डिजिजको कारणले यो रोगको लक्षण अझ बढी गम्भीर हुनसक्छ । भाइरल संक्रमण प्रायः बल्भिmन सक्छ । तर, पुनः भाइरल संक्रमण भयो भने अस्थमा र एलर्जिक खोकी लाग्न थाल्छ अथवा छालाको एलर्जिक स्थिति खराब हुन सक्छ । जसलाई ठिक हुन धेरै समय लाग्नसक्छ । मौसम परिर्वतनसँगै भाइरल संक्रमण बढ्ने एउटै समयमा अस्थमा पनि बढ्न सक्छ, साथै यस प्रकारको रोगहरु बढ्न पनि मद्दत मिल्छ ।

बिरामी कस्तो ठाउँमा बस्छ ? त्यो समयमा कस्ता संक्रमण भएका छन् ? भन्ने जस्ता कुराहरुको आधारमा नै गम्भीर भाइरल संक्रमण भए नभएको थाहा हुन्छ । भाइरल संक्रमण हुँदा एन्टिबायोटिकले असर गर्दैन । जबसम्म ब्याक्टेरियल संक्रमणको क्लिनिकल्ली पुष्टि हुँदैन । तबसम्म एन्टिबायोटिक्सको प्रयोग गर्नु हुँदैन । पारम्परिक औषधिहरुमा एन्टिपायरेटिक औषधिहरु जस्तै प्यारासिटामोलको उपयोग गर्न सकिन्छ । यसले रोगलाई निको नपारे पनि शरीरको तापमानलाई कम गरेर केही समय राहत प्रदान गर्छ ।

प्यारासिटामोललाई सुरक्षित औषधि मानिन्छ । त्यसैले बिरामीहरुले तत्काल राहत पाउनका लागि यसको सजिलै उपयोग गर्छन् । तर, यसको प्रयोगले आन्द्राको लाईनिङ काटिन सक्छ साथै अन्य रोगहरु पनि उत्पन्न हुन सक्छ । यसको प्रयोगले लिभर पनि खराब हुन सक्छ ।

होमियोपेथिक उपचारले भाइरल ज्वरोबाट सुरक्षित र छिट्टै राहत प्राप्त हुन्छ । टोक्सिकोडेन्ड्रोनले ज्वरोलाई कम गरेर शरीरको दुखाई र छटपटबाट पनि राहत प्रदान गर्छ । यसले ज्वरो निको भएपछि बिरामीको लामो समय लाग्ने खोकीबाट पनि आराम प्रदान गर्छ । जुन बिरामीले एन्टिपाइरेटिक्सको अत्यधिक प्रयोगबाट ज्वरोलाई कम गरेको फलस्वरुप उत्पन्न भएको हुन्छ ।

कुनै बिरामीलाई लामो समयदेखि हल्का ज्वरो आइरहने पनि हुन्छ । यस्तो ज्वरो त्यस्ता बिरामीहरुमा देखिन्छ । जसले एन्टिपायरेटिक्सको अत्याधिक सेवन अथवा एन्टिबायोटिकको अपूर्ण सेवा अथवा अत्यधिक उपयोग गरेर ज्वरो निको पारेको हुन्छ ।

होमियोपेथीले त्यस्ता बिरामीहरुलाई पनि ज्वरोबाट राहत प्रदान गर्छ । जो औषधिको सेवन गर्दा-गर्दा निरास भएका हुन्छन् ।

भाइरल ज्वरोको क्रममा टाइफाईड र यसको जाँच, भाइरल टेस्ट गर्नु आवश्यक हुन्छ । प्रायः बिरामी चार दिनभन्दा बढी ज्वरो आयो भने टाइफाइड भएको भन्ने सोच्छन् । टाइफाइड भएको सोचेर विभिन्न उपचारमा लाग्नुभन्दा आफूलाई टाइफाइड भएको शंका लागेमा डाक्टरलाई देखाउने र त्यसपछि समकालीन जाँचहरु गर्नुपर्छ ।

टाइफाइड जाँचका लागि यसको लक्षण देखिएको सातदेखि चौध दिन बितेपछि मात्र यसको जाँचबाट त्यसको संक्रमणको बारेमा पत्ता लगाउन सकिन्छ । भाइरल ज्वरो भएको समयमा बिरामीले आराम गर्दैनन् । अफिस र स्कूलको काममा संलग्न हुन्छन् । त्यसो गर्नु गलत हो । किनभने शरीरले संक्रमणको उपचार गरेर स्वयं ठिक हुने कोसिस गरेको हुन्छ । पर्याप्त आराम नगर्नु र सुरुबाट नै उपचार नगर्नु कारण रोगले लामो समयसम्म दुःख दिने र तपाईंले लामो समय स्कूल र अफिसबाट छुट्टी लिएर बस्नुपर्ने हुनसक्छ ।

यदि भाईरल ज्वरो आयो भने यसको सुरक्षित र छिट्टै उपचारको लागि होमियोेपेथीको सहयोग लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment