Comments Add Comment

नारायणी नदीमा हामफालेर एक जनाको मृत्यु   

२१ कात्तिक, चितवन । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९:३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको उनले बताए ।

यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।

त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment