+
+
Shares

भक्तपुर १ ‘क’मा नेकपाका डीपी ढकालले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १३:३६

२१ कात्तिक, भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘क’मा हुने उपनिर्वाचनमा नेकपाका देवीप्रसाद ढकाल (डीपी)ले उम्मेदवारी दर्ता गरेका छन् ।

ढकालले नेता बामदेव गौतम, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतलगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल नेकपा भक्तपुरका जिल्ला कमिटी सचिवसमेत हुन् ।

दुई वर्षअघि यो क्षेत्रबाट तत्कालीन एमालेबाट हरिशरण लामिछाने निर्वाचित भएका थिए । उनको मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । तर, अहिलेका उम्मेदवार ढकाल भने पूर्वमाओवादी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?