Comments Add Comment

३९३ रनको लक्ष्य पछ्याएको नेपाल कमजोर प्रदर्शन

२२ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल धरापमा परेको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको तीन दिवसीय क्रिकेट खेलमा एमसीसीले जितको लागि नेपाललाई फराकिलो लक्ष्य पेश गरेको थियो । लक्ष्य पछ्याउँदै दोस्रो पारी थालेको नेपालले अग्रपंतिका सबै ब्याट्सम्यानलदाई गुमाइसकेको छ ।

पाँच ओभरमा २४ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत ६ रनमा गुमाएको नेपालले १०.२ ओभरमा ५२ रन जोड्दा दोस्रो विकेटको रुपमा राजु रिजाललाई ३१ रनमा गुमायो ।

लगत्तै शरद भेषावकर पनि १५ रनमा आउट भए । योसँगै नेपाल पूरै दबाबमा आएको थियो । दीपेन्द्रसिंह ऐरी पनि चौथो विकेटको रुपमा आउट हुदा नेपालको स्कोर ६९ रन थियो । ७० रन हुदा नेपालले पाँचौं विकेटको रुपमा विनोद भण्डारीलाई पनि गुमाइसकेको छ ।

यसअघि आजै ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन एमसीसीले बनाएपछि डिक्लियर गर्दै नेपाललाई ३९३ रनको लक्ष्य दिएको घोषणा गरेको थियो । दोस्रो पारीमा एमसीसीका विली गोडलम्यानले ३९, टम वेष्टलीले ३४ तथा एड योङले ३१ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए ।

यसअघि आफ्नो पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपालले १५३ रनमा सबै विकेट गुमाएको थियो । यता एमसीसीले भने आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment