Comments Add Comment

रेफ्रिजेरेटर भ्यानमा भारतबाट शंकास्पद मासु तस्करी

२२ कात्तिक, काठमाडौं । राजश्व अनुसन्धान विभागले भारतबाट विभिन्न ‘खाद्यान्न लिएर आएको रेफ्रिजेरेटर भ्यानमा तस्करी गरी ल्याइएको मासु फेला पारेको छ । सर्लाहीको लालबन्दी भन्सारबाट जाँचपास भएको दुई वटा भारतीय रेफ्रिजेरेटर भ्यानलाई विभागले बुधबार नियन्त्रणमा लिएको थियो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार यी भ्यानहरुलाई शुक्रबार बिभिन्न पक्षको रोहबरमा खोलिएको हो । भारतबाट फ्रोजन फ्रेन्च फ्राइड, क्रिम लगायतका खाद्यान्न ल्याएको भन्दै भन्सार जाँचपास भएको थियो । सोही भ्यानमा लुकाएर ल्याइएका शंकास्पद मासु भेटिएका हुन् । ती मासु कुखुरा र भैँसीको भएको आशंका गरिए पनि पुष्टि भएको छैन ।

अहिले नेपालमा कुखुराको मासु आयात गर्न पाइँदैन भने अन्य फ्रोजन मिट आयात गर्न पनि क्वारेन्टाइन पास गरेर ५० प्रतिशत भन्सार तिर्नपर्छ । तर, यी मासुको भन्सार तिरिएको छैन भने क्वारेन्टाइन पनि चेकजाँच नभएको भेटिएको मैनालीले बताए ।

विभिन्न तारे होटलमा प्रयोग गर्ने गरी मासु नेपाल भित्र्याएको आशंका छ । महानिर्देशक मैनालीले बरामद भएको मासु चेकजाँचका लागि पशु क्वारेन्टाइनमा पठाइने बताए । अवैध रुपमा मासु भित्र्याएकोबारे अनुसन्धान सुरु भएको विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment