+
+
Shares

बाग्लुङमा शेरमानको बागी उम्मेदवारी फिर्ता गराउने नेकपा प्रयास असफल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १४:५२

२४ कात्तिक, काठमाडौं । प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा हुने उपचुनावमा शेरमान घर्तीको बागी उम्मेवादरी फिर्ता गराउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रयास असफल भएको छ ।

बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । र, उसले खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् । तर नेकपाका नेता घर्तीले बागी उम्मेदवारी दिए ।

उम्मेदवारी दर्तासँगै नेकपा नेताहरुले घर्तीको उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका थिए । आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा उनलाई होलिकप्टरमा राखेर सदरमुकामसम्म ल्याइएको थियो ।

तर घर्तीले उम्मेदवारी फिर्ता लिएनन् ।

जिल्ला निर्वाचन कार्यालयले आइतबार विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर उम्मेदवारी फिर्ताका लागि कुनै पनि निवेदन नपरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?