+
+
Shares

पानीजहाज कार्यालय खुलेको ८ महिनासम्म बनेन कानून

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १५:३०

२४ कात्तिक, काठमाडौं । सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा आवश्यक कानूनको मस्यौदा तयार पार्न नसकेको पाइएको छ ।

पानी जहाज छिट्टै सञ्चालन गनए भन्दै सरकारले कार्यालय खोलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते जहाज कार्यालयको उद्घाटन गरेका थिए ।

तर आवश्यक कानूनको अभावमा पानी जहाज रुट पहिचानसम्बन्धी कामसमेत अघि बढाउन नसकेको कार्यालयका शाखा अधिकृत बल्लभ विष्टले बताए ।

एकीकृत पानी जहाज ऐन निर्माणको कामलाई अघि बढाइएको भए पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको उनले बताए । कार्यालयले ऐनको मस्यौदा बनाउन मल्ल कानूनी परामर्श सेवालाई जिम्‍मा दिएको छ । त्यहाँबाट आएको मस्यौदालाई अन्तिम रुप दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशक समितिमा पेश हुनेछ ।

मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेपछि संसदमा पुग्नेछ र त्यहाँबाट पास भएर कानून बन्न अझै केही समय लाग्नेछ ।

सप्तकोसी, नारायणी र गण्डकी नदीमा पानी जहाज संचालन गर्ने सरकारको तयारी छ । तर कानूनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन नसकेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?