Comments Add Comment

कास्की-२ का एक स्वतन्त्रको उम्मेदवारी फिर्ता

एक प्रतिनिधिसभा र ३ प्रदेशमा ६४ उम्मेदवार

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावका उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गरेको छ ।

कास्कि क्षेत्र नं. २ प्रतिनिधिसभा, भक्तपुर १(क), बागलुङ २ (ख) र दाङ ३(ख) को प्रदेशसभाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको हो ।

निर्वाचन आयोगले प्रकाशन गरेको नामावली अनुसार कास्की-२ मा बाहेक अन्य ठाउँका कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

कास्की-२ मा ११ दल र ११ स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गरेकोमा स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । अब २१ जना चुनावी मैदानमा हुनेछन् ।

भक्तपुर १(क) मा ९ दल र १० स्वतन्त्र गरी १९, बागलुङ २ (ख) मा ८ दल र २ स्वतन्त्र गरी १० जना र दाङ३ (ख) मा १२ दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् ।

एक प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ६४ जना मध्ये ५५ पुरुष र ९ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको मनोनयन भने २७ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment