Comments Add Comment

हेलिकप्टर चढाउँदा पनि शेरमानले उम्मेदवारी फिर्ता लिन भ्याएनन् !

२४ कात्तिक, काठमाडौं । शेरमान घर्तीले बाग्लुङ २ ‘ख’को प्रदेशसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । तर निर्वाचन आयोगले निकालेको उम्मेदवारहरुको सूचीमा भने उनको नाम कायमै छ ।

बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । र, राजमोबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् । नेकपाका नेता घर्तीले बागी उम्मेदवारी दिए ।

उम्मेदवारी दर्तासँगै नेकपा नेताहरुले घर्तीको उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका थिए । आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा उनलाई होलिकप्टरमा चढाएर सदरमुकाम ल्याइएको पनि थियो ।

तर उम्मेदवारी फिर्ता लिने समय घर्किसकेका कारण उनकेा उम्मेदवारी फिर्ता हुन सकेन ।

लगतै शेरमानले नेकपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उनले जारी गरेको विज्ञप्तिमा विशेष कारणबस उम्मेदवारी फिर्ता हुन नसकेको बताएका छन् । शाहीलाई समर्थन गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको भन्दै उनले शाहीलाई भोट समेत मागेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाग्लुङले भने उम्मेदवारहरुको सूचीमा उनको नाम रहने बताएको छ । आइतबार विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको र फिर्ताका लागि कुनै पनि निवेदन नपरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment