Comments Add Comment

नाच्नुहोस् त धक खोलेर

मन खुसी, मुटु स्वस्थ्य

जब ‘कुटुमा कुटु’ गीत घन्कन्छ, हाम्रो शरीर त्यसै–त्यसै नाच्न थाल्छ । जब ‘गलबन्दी च्यातियो’ गुञ्जन्छ, हाम्रो शरीर तालमा ताल मिलाएर नाच्न थाल्छ ।

नाच्नु हाम्रो शरीरको प्राकृतिक गुण हो । तपाईंले नाच्न सिक्नै पर्दैन । यो स्वतस्फूर्त तपाईंको शरीरले प्रकट गर्ने एक किसिमको लयत्मक हाउभाउ हो । जब हामी अत्यान्तै खुसी हुन्छौं नि, त्यसबेला पनि हाम्रो शरीरले यस्तै किसिमको हाउभाउ देखाउँछ । वास्तवमा उमंगित भएर गरिने लयत्मक हाउभाउ नै नाच्नु हो ।

प्रसंग नाच्नुको होइन, नाच्दा हुने शारीरिक लाभको हो । तपाईं सानोतिनो कुराम पनि खुलेर रमाउनुहोस्, नाच्नुहोस् । यसलबाट तपाईंको शरीर प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नाच्नका लागि साथीसंगी चाहिँदैन । रमझम नै चाहिँदैन । कार्यक्रम चाहिँदैन । तपाईं एक्लै पनि नाच्न सक्नुहुनेछ । किनभने यो तपाईंले अरुलाई देखाउनका लागि होइन, बरु आफैलाई प्रफुल्ल र तन्दुरुस्त तुल्याउनका लागि हो ।

नाच्न जान्नै पर्दैन 

अक्सर हामी कुनै साँस्कृतिक कार्यक्रम, रमझम वा खुसी भएको बेलामा मात्रै नाच्ने गर्छौं । बिहेकार्जे, मनोरञ्नात्मक कार्यक्रममा हामी नाच्छौं । तर, अरु बेला वा भनौं सामन्य दिनमा पनि तपाईं नाच्न सक्नुहुन्छ । निर्धक्क र निस्फिक्री ।

तपाईंलाई लाग्न सक्छ, मलाई नाच्नै आउँदैन । कुनै गीत घन्काउनुहोस् र शरीरलाई त्यही लयमा गतिशिल तुल्याउनुहोस् । वस् यतिभए पुग्छ ।

नियमित नाचौं

नियमित रुपमा तपाईं गीत घन्काएर नाच्न थाल्नुभयो भने तपाईंले खुसी मात्र प्राप्त गर्नुहुँदैन, तपाईंको शरीर फिट एन्ड फाइन पनि रहन्छ । किनभने नृत्य एक किसिमको व्यायाम पनि हो । यसले हामीलाई शारीरिक र मानसिक दुवै रुपमा फिट राख्न सहयोग गर्छ ।

शरीरलाई स्वस्थ राख्न पनि नृत्य उपयोगी हुन्छ । कोही पनि व्यक्तिले नृत्य गरेर यसको लाभ उठाउन सक्छ ।

तपाईंलाई फिट रहन मनपर्छ तर, जिम जोइन गर्न मन छैन भने त्यसको विकल्प पनि हुनसक्छ यो । यसको लागि तपाईंले नृत्य कक्षामा भर्ना हुन सक्नुहुन्छ वा आफ्नै घरमा आफ्नै तरिकाले बिन्दास नाच्न सक्नुहुन्छ ।

मस्तिष्कलाई स्वस्थ्य राख्न

नृत्यले तपाईंको शरीरलाई राम्रो मात्रै बनाउँदैन । यसले स्मरण शक्तिलाई पनि प्रभावकारी बनाउन मद्धत गर्छ । नृत्यले बढ्दो उमेरसँगै हुने डिमेन्सियाको समस्यालाई पनि रोक्छ । एरोबिक्स गर्नु तपाईंको मस्तिस्कको लागि धेरै राम्रो हुन्छ ।

तनाव कम गर्छ

मानिसलाई तनाव महसुस भएमा वा यसबाट ग्रसित भएका मानिसलाई यस्तो समस्याबाट बाहिर ल्याउनको लागि नृत्यले मद्धत गर्छ । तनावलाई टाढा गर्नको लागि तपाईं कुनै पनि किसिमको नृत्य गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आनन्द महसुस हुन्छ ।

शरीर लचिलो बनाउँछ

नृत्यले मानिसको मांसपेसीहरुलाई लचिलो बनाउन मद्धत गर्छ । नृत्य  गर्नाले तपाईंको शरीरमा लचिलोपन बढ्छ र दृढता कम हुन्छ । यसको लागि घरमा कैयौं किसिमको फर्ममा नृत्य गर्न सकिन्छ ।

मुटुलाई स्वस्थ राख्छ

नृत्य एक क्रियाकलाप हो जसले कार्डियो भास्कुलर रोगहरुको खतरालाई कम गर्छ । मुटुलाई स्वस्थ राख्नको लागि तपाईं नृत्य गर्न सक्नुहुन्छ । यसले मुटु स्वस्थ रहन्छ र श्वासप्रश्वासको समस्या पनि टाढा हुन्छ ।

उर्जावान बनाउँछ

आफ्नो भावनाहरुलाई व्यक्त गर्नको लागि नृत्यको मद्धत लिन फाइदाजनक हुन्छ । यसले तपाईं रिल्याक्स महसुस गर्नुहुन्छ र शरीरमा उर्जा आँउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment