+
+
Shares

विमानस्थलमा मन्त्रीको अनुगमन : सरसफाइमा ध्यान दिनूस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते ११:१५
Photo Credit : फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसरफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।

सोमबार बिहानै विमानस्थलकाे अनुगमनमा गएका मन्त्री भट्टराई मन्त्री भट्टराईले  त्यहाँकाे सुरक्षा र सरसफाइमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

उनले विमानस्थलको सेवा छिटो र स्मार्ट बनाउन आग्रह गर्दै यात्रुहरुको लगेज औषतमा ४५ मिनेटमा पाइसक्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ‘अहिले पनि २०/२५ मिनेटपछि एक घन्टासम्ममा यात्रुहरुले लगेज पाइरहेका छन्’, एक अधिकारीले भने, ‘उहाँले औषतमा ४५ मिनेटभित्र यात्रु आफ्नो लगेज लिएर विमानस्थलबाट बाहिर निस्कन सक्नुपर्छ भन्नु भएको छ ।’

उनले विमानस्थल विस्तारका लागि भइरहेको काम-काबारहीबारे पनि जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?