+
+
Shares

‘बाला’को सुखद व्यापार, आयुष्मानको लोभलाग्दो रफ्तार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते ११:३६

शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘बाला’ले बक्स अफिसमा हंगामा मच्चाएको छ । यो मात्र होइन, दर्शक र समिक्षकले समेत चलचित्रलाई उत्कृष्ट भन्दै प्रशंसा गरेका छन् । रिलिजको पहिलो दिन नै चलचित्रले सुखद ओपनिङ गरेको थियो । पहिलो दिन चलचित्रले १० करोड १५ लाख कमाएको थियो । शनिबार चलचित्रको कमाई १५ करोड ७२ लाख छ ।

दुई दिनमा २५ करोड ८८ लाख माथिको व्यापार गरेको यो चलचित्रले पहिलो विकेन्डमा नै ४५ करोडको आँकडा पार गर्ने पक्का करोडको आकडा पार गर्ने पक्का छ । नायक आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्रको बक्स अफिस व्यापारले आयुष्मानलाई हिट मेसिन नै बनाइदिएको छ ।

चलचित्रमा आयुष्मानसँगै भूमि पेड्नेकर, एमी गौतम, सीमा पाहवा, मनोज पाहवा लगायतका कलाकारको अभिनय छ । चलचित्रलार्य अमर कौसिकले निर्देशन गरेका हुन् । आयुष्मानले आधा दर्जन भन्दा बढी चलचित्र बक्स अफिसमा लगातार हिट दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?