Comments Add Comment

वीरगञ्जबाट लागूऔषधसहित तीन जना पक्राउ

२५ कात्तिक, काठमाडौं । पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-५ का ३८ वर्षीय ईन्द्रबहादुर तामाङ, सोही नगरपालिका-१० का २६ वर्षीय पदम तामाङ र सोही ठाउँका २२ वर्षीय रोशन तामाङ रहेका छन् ।

बिशेष सूचनाको आधारमा तीनै जनालाई वीरगञ्ज महानगरपालिका-१३ स्थित परवानीपुरबाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्लास्टिक र टेपले बेरिएको अवस्थामा १० पोका लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु र बा ५३ प ४०४७ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment