+
+
Shares

विराटनगरबाट पक्राउ परेका तीन भारतीय न्यायाधीश बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १५:२१

२५ कात्तिक, विराटनगर । विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् ।

६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् ।

वि.स.२०६९ साल माघ १३ गते नेपाल प्रहरीले भारत बिहारको तल्लो अदालतका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई पक्राउ गरेको थियो ।

भारतको सर्वाेच्च अदालतले शुक्रबार सन् २०१३ को घटनाको आधारमा तीनै जनालाई बर्खास्त गर्न बिहार सरकारलाई अनुमति दिएको हो ।

तीन जना न्यायाधीशलाई २०६९ साल माघ १३ गते प्रहरीले पक्राउ गरेको केही समयपछि छाडेको थियो ।

पक्राउ परेलगतै छुटेपछि स्थानीय मिडियामा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा पट्नाको उच्च न्यायालयले निलम्बन गरी छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

सोही क्रममा कल ट्रेस गर्दा तीनजनाकै लोकेशन एकै स्थानमा देखिएको थियो । माघ १३ गते पक्राउ परेका न्यायाधीशहरु भोलिपल्ट मात्र भारत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?