
२५ कात्तिक, कामठाडौं । जिल्ला अदालत काठमाडौंले ठगीसम्बन्धी एक मुद्दामा अनुसन्धान गर्न उद्योगी पद ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उद्योगी पदम ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको काडमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
प्रहरीले पद्म ज्योतिविरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
प्रहरीले एक हाउजिङसम्बन्धी ठगी मुद्दामा अनुसन्धान गर्न यसअघि नै पदम ज्योतिका भाइ रुप ज्योति र उनकी छोरीलाई पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4