+

अफगानिस्तानमाथि वेष्ट इन्डिजको क्लिन स्विप

२०७६ कात्तिक  २६ गते ७:१४ २०७६ कात्तिक २६ गते ७:१४
अफगानिस्तानमाथि वेष्ट इन्डिजको क्लिन स्विप

२६ कात्तिक, काठमाडौं । अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट सिरिजको शृंखला वेष्ट इन्डिजले क्लिन स्विप गरेको छ ।

सोमबार राति भएको अन्तिम तथा तेस्रो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै वेष्ट इन्डिजले सिरिज ३–० ले जितेको हो । २५० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इडिजले ४८.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

वेष्ट इन्डिजका लागि साइ होपले अविजित १०९ रन बनाए । त्यस्तै, रोस्टन चेसीले अविजित ४२ रन बनाउँदा ब्रान्डन किङले ३९ रनको बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २४९ रन बनायो । अफगानिस्तानका लागि अस्घर अफगानले ८६ तथा हजरतउल्लाह जाजई र मोहमद नाबीले समान ५०–५० रन बनाएका थिए । वेष्ट इन्डिजका किमो पाउलले तीन विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय