Comments Add Comment

रिलिज डेट सारेकै कारण नचलेको हो ‘घामड शेरे’ ?

कात्तिक ८ गते सो कम पाएको भन्दै कात्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘घामड शेरे’को ओपनिङ सुखद बनेन । चलचित्रले सुरुवाती दिनमा गरेको व्यापार गर्दा, यसलाई निकै नै कमजोर भन्न सकिन्छ । हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

चलचित्र क्षेत्रमा नै निकै नै राम्रो क्रेज बनाएका यी तिन जनाको चलचित्रलाई दर्शकले रुची नदेखाउनुको कारण के होला ? निर्देशक हेमराज वीसी आफैले पनि चलचित्रको ओपनिङ अपेक्षित नभएको स्विकार गर्छन् । उनले चलचित्रको रिलिज डेट पछि सर्दा व्यापारमा असर परेको बताए ।

तर, के चलचित्रको रिलिज डेट कात्तिक ८ बाट कात्तिक २२ मा सरेकै कारण, यो चलचित्र नचलेको होला ? चलचित्र रिलिजपूर्व यसलाई चलचित्रकर्मीले राम्रो व्यापार गर्ने अनुमान लगाएका थिए । तर, चलचित्र रिलिजपछि निश्चल र स्वस्तिमाको जोडीलाई पर्दामा हेर्न दर्शकले रुची नदेखाउनु आफैमा सोचनिय बिषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment