Comments Add Comment

नेकपालाई जनमोर्चाको अनुरोध- सहमति पालना होस्

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सहमति पालना गर्न अनुरोध गरेको छ ।

जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पाैडेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी मंसिर १४ गते हुने उपचुनावका लागि दुई दलबीच भएको समझदारीको आचारसंहिता पालना गर्न अनुरोध गरेकी हुन् ।

सहमतिअनुसार बागलुङ निर्वाचन क्षेत्र नं. २ (ख)को प्रदेशसभा र प्यूठानको ऐरावतीको वडाध्यक्षमा नेकपाले जनमोर्चालाई सघाउने समझदारी भएको थियो ।

तर, बागलुङमा नेकपाकै नेता शेरमान घर्तीमगरको उम्मेदवारी कायमै रहेपछि जनमोर्चाले शशंकित भएको छ ।

घर्तीले पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय घर्किसकेकोले उनको उम्मेदवारी कायमै छ ।

बागलुङ २ (ख)बाट नेकपाको समर्थनमा जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार छन् । जनमोर्चाका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको मृत्यु भएपछि यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

यो पनि पढ्नुस्–

हेलिकप्टर चढाउँदा पनि भ्याइएन, शेरमानले विज्ञप्तिमार्फत लिए उम्मेदवारी फिर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment