+
+
Shares

कार्यालय सहयोगी कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ   

रासस रासस
२०७६ कात्तिक २६ गते १६:२७

२६ कात्तिक, घोडाघोडी । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् ।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?