Comments Add Comment

पेशा अनुसार कस्तो पहिरन सुहाउँछ ?

तपाईंको राम्रो जागिर छ । आफ्नो कामप्रति कुनै लापरवाही गर्नुहुन्न । तर, के तपाईंले आफ्नो पहिरनमा ध्यान दिनुभएको छ ? यदि तपाईं अफिसमा राम्रो जागिरेको साथ–साथै आफ्नो पहिरनमा पनि ध्यान राख्नुहुन्छ भने यसको अर्थ तपाईं परफेक्ट जागिरे हो । तपाईंको पहिरनले तपाईंको बारेमा बताउने गर्दछ । अफिसमा तपाईंको पहिरन कस्तो हुनुपर्छ भन्ने प्रश्न कठिन छ । तर, त्यस्ता केही कुरालाई ध्यानमा राख्दा यसलाई सहज बनाउन सकिन्छ । अफिसको लागि कुन र कस्तो परिधान हुनुपर्छ भन्ने सोच्नुहुन्छ ?

यदि तपाईं वकिल, डाक्टर अथवा सैनिक हुनु हुन्छ भने त्यहाँ तपाईंले निश्चित पोषक लगाउनै पर्छ । तर, तपाईं अन्य कुनै क्षेत्रमा कार्यरत हुनुहुन्छ भने तपाईंको पहिरन यस्तै हुनुपर्छ भन्ने नहुनसक्छ । अरु व्यक्ति जस्तै तपाईं पनि आफ्नो व्यक्तित्व राम्रो होस् भन्ने नै चाहनुहुन्छ । अफिसमा तपाईंको पहिरन सुन्दर र समयानुकूल भयो भने तपाईंको छविमा यसको सकारात्मक असर पर्छ । पेशेवर जिन्दगीमा केवल तपाईंको कामकाजले मात्र महत्व राख्दैन । तपाईंको सफ्ट स्किल र पहिरनले पनि समान महत्व राख्छ, किनभने यसले तपाईं एउटा जिम्मेवार जागिरे भन्ने कुराको संकेत गर्छ ।

कम्फर्ट लेभल हेर्नुपर्छ

तपाईंले राम्रो मेटेरियल भएको पहिरन छनोट गर्नुभएको छ । हिजोआज लिनन र सिफन जस्ता फेशन चलेको छ, जुन सबैलाई सुहाउँछ । तर, के तपाईं त्यस्ता पहिरनमा कम्फर्ट महसुस गर्नुहुन्छ ? फेशन एक्सपर्टहरु अनुसार फेसनमा कम्फर्ट लेभल भएन भने जस्तो राम्रो पहिरन पहिरिए पनि तपाईंलाई सुहाउँदो हुँदैन ।

शालिन देखिनुपर्छ

सुन्दर पहिरन लगाउने तपाईंको सौख छ । हरेक दिन तपाईं नयाँ पहिरन लगाएर कुनै प्रयोग गर्न चाहनुहुन्छ भने यो नराम्रो कुरा होइन । तर, के त्यस्तो प्रयोग तपाईंलाई सुहाउँछ ? यो कुरालाई ध्यान दिनु आवश्यक छ । विशेष गरेर अफिसमा त्यस्तो कुराको ध्यान दिनुपर्छ । धेरै फेशनेवल हुने चाहनामा तपाईंको व्यक्तित्व राम्रो हुनुकोभन्दा बिग्रन सक्छ ।

राम्रो पहिरन लगाउनुको साथै शालिन पनि देखिनु दुबै भिन्दा–भिन्दै कुरा हुन् भन्ने कुरालाई ध्यान दिनुपर्छ । शालिन भनेको कस्तो हो ? भन्ने तपाईं सोेच्नु होला यसको अर्थ तपाईको पहिरन धेरै भड्किलो रंगको हुनु हुँदैन । तपाईंको शरीर छोपिने र तपाईंको छविसँग मेल खाने हुनुपर्छ ।

एथलेटिक वेयर लगाउनु हुँदैन

कर्पोरेट वल्र्डका जागिरेहरुलाई फिटनेसदेखि अन्य धेरै कुराको सुविधा प्रदान गरिएको हुन्छ । यदि तपाईंको अफिसमा पनि फिटनेस जिम आदिको व्यवस्था छ भने यसको लाभ उठाउनुपर्छ । तर, अफिसमा हुनुहुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैन । त्यसैले अफिसमा लगाउने पहिरनमा नै रहनुपर्छ । एथलेटिक वेयरमा अफिस आउनु हुँदैन । तपाईंले आफ्नो ब्याग एउटा एथलेटिक वेयर बोक्न सक्नुहुन्छ ।

विशेष अवसरमा

अफिसमा काम–काजकोबीच कुनै उत्सव अथवा अवसरमा जब एथनिक वेयर अथवा पारम्परिक परिधान लगाउने छुट छ भने त्यो तपाईंको लागि सुनौलो मौका हो । अफिसमा पनि आफ्नो रुचि अनुसारको पहिरन लगाउन सक्नुहुन्छ । तर, यी पहिरनहरु अनौपचारिक हुनु हुँदैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । यदि तपाईंलाई अत्याधिक भड्किलो रंग र फेसनेवल पहिरन मनपर्छ भने पनि अफिस जाँदा त्यस्तो पहिरन लगाउनु हुँदैन । तपाईंले अफिसको दायरामा रहेर कस्तो पहिरन र पहिरनको रंग छनोट गर्ने जसले तपाईंको व्यक्तित्वमा मेल खान्छ भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment