Comments Add Comment

‘फिल्म साउथ एसिया फेस्टिभल’को १२ औं संस्करण बिहीबारबाट सुरु हुने

पाकिस्तानमा प्रतिबन्धित चलचित्रबाट फेस्टिभल उद्घाटन

‘फिल्म साउथ एसिया फेस्टिभल’ काठमाडौंमा आयोजना हुने भएको छ । २२ वर्ष पहिला सुरु भएको यस फेस्टिभलको यो १२औं संस्करण हो । हरेक दुई वर्षमा नेपालमा नै यस फेस्टिभल आयोजना हुने गर्दछ । कात्तिक २८ गते बिहीबारबाट सुरु हुने यस फेस्टिभल  ४ दिनसम्म चल्ने छ ।

यस फेस्टिभलमा साउथ एसियाका विभिन्न देशमा निर्माण भएका डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गरिन्छ । यस वर्षको लागि ६३ वटा डकुमेन्ट्री चलचित्रहरु छनोट गरिएको आयोजक संस्था द साउथ एसिया ट्रस्टका अध्यक्ष कनकमणि दीक्षितले बताए । उनले भने, ‘हामीले साउथ एसियाका विभिन्न देशबाट ६३ वटा चलचित्र छनोट गरेका छौँ । जसमा विभिन्न देशका तत्कालीन विषयबस्तुलाई प्रस्तुत गरिएको छ ।’

यस फेस्टिभलको लागि साउथ एसियाका विभिन्न देशबाट डकुमेन्ट्री चलचित्रहरुमा काम गर्ने व्यक्तित्वहरुको पनि उपस्थिति रहने कार्यक्रम निर्देशक मितु बर्माले बताइन् । भारतीय नागरिक मितुले भनिन्, ‘नेपाल भनेको शान्तिको देश हो । यहाँ स्वस्च्छ हावा पाइन्छ । यहाँ आउन सजिलो पनि छ । त्यसैले पनि यस फेस्टिभलको लागि धेरै यहाँ आउनु हुनेछ ।’

अन्य देशमा विभिन्न कारणले प्रत्येक देशका डकुमेन्ट्रीहरु प्रदर्शन हुन सक्दैनन् । तर, नेपालमा त्यो कुरामा रोक छैन । त्यसैले पनि नेपाल आकर्षणको केन्द्र बन्न सकेको अध्यक्ष दीक्षितको भनाइ छ । उनले भने, ‘पाकिस्तानको डकुमेन्ट्री भरातमा देखाउन सकिन्न । त्यस्तो धेरै देशमा छ । तर, नेपालमा त्यस्तो छैन । यहाँ त पकिस्तानमा बनेको पाकिस्तानमा नै देखाउन नमिल्ने डकुमेन्ट्रीलाई पनि समावेश गरेका छौँ ।’

यस फेस्टिभलले विभिन्न देशमा रहेर डकुमेन्ट्री  चलचित्रमा काम गरिरहेका व्यक्तित्वहरुलाई भेट गराउने र वार्ता गराउन पनि सहयोग गर्ने आयोजक पक्षको भनाइ छ । उक्त कुरालाई लिएर विभिन्न देशका डकुमेन्ट्री चलचित्रकर्मीहरु पनि उत्साहित छन् ।

पाकिस्तानमा प्रतिबन्धित चलचित्रबाट फेस्टिभल उद्घाटन

फेस्टिभलमा प्रदर्शन भएका ६३ चलचित्रबाट उत्कृष्ट १२ चलचित्रलाई विश्वका विभिन्न देशहरुमा प्रदर्शन गरिने निर्देशक बर्माले बताइन् । उनले भनिन्, ‘जुरीले छान्नु भएको उत्कृष्ट चलचित्रहरुलाई हामीले पुरस्कृत पनि गर्नेछौँ र १२ उत्कृष्ट डकुमेन्ट्रीलाई विश्वभरी प्रदर्शन गर्नेछौँ ।’

भारतबाट बढी डकुमेन्ट्री चलचित्रको सहभागिता रहेको फेस्टिभलमा नेपालबाट ३ वटा चलचित्र समावेश छन् । पाकिस्तान, म्यानमार, तिब्बत, अफगानिस्थान, बंगलादेश, भुटानलगायत देशबाट यस फेस्टिभलको लागि डकुमेन्ट्री चलचित्रहरु समावेश गरिएको छ ।

पाकिस्तानमा प्रतिबन्ध गरिएको ‘इन्दुस ब्लुज’ चलचित्र प्रदर्शन गर्दै फेस्टिभलको औपचारिक उद्घाटन गरिने छ । लोकगीतमा स्ट्रगल गरेको कलाकारको कथालाई यस डकुमेन्ट्रीले प्रस्तुत गरेको छ, जसको निर्देशक जवाड शारिफ छन् ।

हेर्नुहोस् फिल्म फेस्टिभलको तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment