+
+
Shares

हुम्लाको खार्पुनाथको उपाध्यक्षका लागि ३ दलको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १४:१८

२७ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपचुनावका लागि हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा तीन दलले मनोनयन दर्ता गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित उम्मेदवार हुन् ।

यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धु शाही हमालको जीप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?