Comments Add Comment

विवाह गर्ने सुरसारमा हुनुहुन्छ ?

विवाहको निमन्त्रणा कार्डमा बोलाइने व्यक्तिहरुको सूची कसरी तयार गर्ने

विवाहको सिजन प्रारम्भ हुँदैछ । मंसिर लागेपछि विवाहको लगन पनि प्रारम्भ हुन्छ । त्यसैले आज हामी विवाहसँग सम्बन्धित एउटा रोचक विषयमा चर्चा गर्दछौं । प्रसंग हो, विवाहका कस-कसलाई बोलाउने भन्ने बहस अथवा विवाहको निमन्त्रणा कार्डमा बोलाइने व्यक्तिहरुको सूची कसरी तयार गर्ने भन्ने । जुन घरमा वैवाहिक समारोह आयोजना गर्न लागिएको हुन्छ । उक्त घरमा विवाहको निमन्त्रणा कार्डको लिस्ट बनाउने बेला प्रायः एउटा बहस हुने गर्छ । कसलाई बोलाउने तथा कसलाई नबोलाउने ?

यदि तपाईंको परिवार ठूलो छ भने एकसयदेखि डेढ सय जना त परिवार भित्रैका हुन्छन् । यस्तो बेलामा जब वैवाहिक समारोह कुनै अर्कै शहरमा हुँदैछ भने निम्तालुहरुको सूचीबाट नाम काट्नु निकै निरासाजनक क्षण हुन पुग्छ । एक जना ‘वेडिङ प्लानर’ले विवाहका निम्तालुहरुको सूचीलाई कसरी घटाउने ?

वर्गीकरण अनुसार छनोट

आफन्तहरुको सूची बनाउने बेलामा नै उनीहरुलाई यसरी विभाजित गर्नुपर्छ । तपाईंको अति नजिकको परिवार, नजिकका आफन्त तथा टाढाका आफन्त । टाढाका आफन्तको परिवारका सबै सदस्यहरुलाई बोलाउनु अनिवार्य छैन । त्यो परिवारबाट तीनै व्यक्तिलाई मात्र बोलाउनुपर्छ । जोसँग तपाईं सधैं सम्पर्कमा रहनुहुन्छ ।

जसले तपाईंलाई बोलाएका छन्

अब के कुरालाई ध्यान दिनुपर्छ भने तपाईंलाई क-कसको विवाहमा बोलाइएको थियो । अथवा त्यस्ता व्यक्तिहरु को-को हुन् । जसले आफ्नो घरको विवाहमा तपाईंलाई नबोलाउँदा तपाईंलाई दुःख लाग्न सक्छ । त्यस्ता नामहरु उक्त सूचीमा समावेश गर्नैपर्छ । जोसँग तपाईं भविष्यसम्म पनि सम्बन्ध बनाइरहन चाहनुहुन्छ । उनीहरु वास्तवमै महत्वपूर्ण व्यक्तिहरु हुन्छन् ।

एक वर्षको समय लिनुपर्छ

परिवारका सदस्यहरुका अतिरिक्त तपाईं आफ्ना साथीभाइ तथा नियमित भेटघाट भइरहने छरछिमेकका सदस्यहरुलाई पनि विवाहमा बोलाउन चाहनुहुन्छ भने आफ्ना नजिकका साथीहरुलाई गेस्ट लिस्टमा अवश्य समावेश गर्नुपर्छ । जसलाई तपाईं नियमित भेटिरहनुहुन्छ, उनीहरुलाई पनि निम्तालुको सूचीमा समावेश गर्नुपर्छ । यदि तपाईंको मित्रता भएको एक वर्ष पनि पुगेको छैन भने उनीहरुलाई नबोलाए पनि हुन्छ । जोसँग लामो समयदेखि कुनै सम्पकै भएको छैन । उनीहरुलाई पनि आफ्नो घरको वैवाहिक समारोहमा नबोलाउँदा फरक पर्दैन । आफ्नो घरको वैवाहिक समारोहमा उनीहरुलाई नबोलाउँदा केही बिग्रँदैन ।

दुरी बनाउनुपर्छ

केही व्यक्तिहरुले आफ्नो परिवारका साथ-साथै आफ्नो नातेदारहरुलाई समेत विवाहमा लिएर आउँछन् । यदि त्यस्तो भयो भने तपाईंका पाहुनाहरुको गन्ती तथा बाँकी कुराहरु पनि बिथोलिन सक्छ । त्यस्ता व्यक्तिहरुलाई आमन्त्रण गर्ने बेला केवल त्यो व्यक्तिको नाम मात्र कार्डमा लेख्नुपर्छ । जसलाई बोलाउन चाहनुहुन्छ, स-परिवार लेख्ने गल्ती गर्नुहुँदैन ।

शुभचिन्तकको साथ

वैवाहिक समारोहको सबैभन्दा अनिवार्य कुरा के छ भने उक्त दिन तपाईंका आफ्ना नजिकका व्यक्तिहरु तपाईंसँगै हुनुपर्छ । त्यसपछि ती व्यक्तिहरु महत्वपूर्ण हुन्छन् । जसले तपाईंलाई मन पराउँछन् अथवा तपाईंका शुभचिन्तकहरु हुन्छन् । ती व्यक्तिहरुको पहिचान गर्नुपर्छ । जो भएनन् भने तपाईं निराश अथवा उदास बन्नु हुनेछ । ती व्यक्तिहरुलाई तपाईंको घरको विवाहमा बोलाउनैपर्छ । बरु बाँकी अनावश्यक नाम हटाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment