Comments Add Comment

उपनिर्वाचन : धरानमा २३, मकालुमा ६, फाल्गुनन्दमा ८ उम्मेदवार

२७ कात्तिक, विराटनगर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकाको प्रमुख पदमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

धरानमा १३ दलका र १० स्वतन्त्र उम्मेदवार गरी २३ जनाका मनोनयन दर्ता भएको हो । धरानको प्रमुख पदमा नेकपाकाबाट प्रकाश राई, नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ का तीन स्थानीय तहसहित १० स्थानमा उपनिर्वाचन हुँदैछ ।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा ६ र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

पाँचथरका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८, फिदिम–२ को वडाअध्यक्षमा ७ र हिलिहाङ गाउँपालिका – ३ को वडाअध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।

फाल्गुनन्दको अध्यक्षमा नेकपाबाट वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसबाट वृजराज आङदेङ्बे, समाजवादी पार्टीबाट बिमला आङदेम्बेले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तबाट मोतीप्रसाद लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपेन चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेसनबाट उदय सुनुवार, राष्ट्रिय जनमुक्ति पार्टीबाट इच्छाबहादुर चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालय संखुवासभाका प्रमुखका टोलाराज दंगालका अनुसार मकालु गाउँपालिकामा नेकपाबाट तेजप्रसाद पोखरेल, नेपाली कांग्रेसबाट विमन पराजुली, समाजवादी पार्टीबाट नुर्भ शेर्पा, राप्रपाबाट मेघनाथ राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कविता राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

धरान उपमहानगरपालिका ७, हिलिहाङ गाउँपालिका ७ र फिदिम नगरपालिका १, मोरङको धनपालथान गाउँपालिका २, संखुवासभाको खादबारी नगरपालिका ३, खोटाङको साकेला गाउँपालिका ३ को वडाअध्यक्ष पदमा पनि उपनिर्वाचन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment