Comments Add Comment

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२७ कात्तिक, काठमडौं । प्रहरीले २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले चौदण्डीगढी नगरपालिका-२ गगटे बस्ने ३१ वर्षीय रामजी विश्वकर्मालाई पक्राउ गरेको हो ।

चौदण्डीगढी नगरपालिका-१ काभ्रेस्थित सामुदायिक वनमा कात्तिक १६ गते ती महिलालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment